कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई कडाई गर्ने निर्देशन

2 years ago

कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई कडाई गर्ने निर्देशन

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई कडाई गर्दै जेष्ठ ५ गतेपछि निरन्तरता दिने तयारी गरेको छ । 

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले कोरोनाको वर्तमान अवस्थाका बारेमा स्वास्थ्यकर्मी, लगाएत बिज्ञहरुसंग छलफल गर्दै कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई प्रभावकारी रुपमा निरन्तरता दिने तयारी गरेको हो ।

कारोना प्रभावित नभएका क्षेत्रमा लकडाउनलाई केहि खुकुलो गर्ने र कोरोना प्रभावित क्षेत्रमा थप कडाई गर्ने र जेष्ठ ५ गतेपछि पनि निरन्तरता दिने बिषयमा छलफल भएको समितिका प्रवक्ता एवं मन्त्रीपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।

बैठकले लकडाउनअघि नेपाल आएका जापानमा काम गर्ने ६ सय नेपालीहरुलाई चाटर्ड बिमानबाट जापान पठाउने निर्णय गरेको छ । त्यसका लागि कामदारहरुले नै चाटर्ड बिमानको व्यवस्था गर्नुपर्नेछ । त्यस्तै लकडाउनअघि नै नेपाल आएका हङ्कङ आइडि वाहक नागरिकहरुलाई पनि फिर्ता जान दिने निर्णय गरिएको बिडारीले बताउनुभयो ।

समितिले शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको हो । लकडाउन सुरु गर्नुअघिको तुलनामा सरकारको तयारी राम्रो रहेको तर यो पर्याप्त नभएको विज्ञहरुले बताएका थिए ।

चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले सबैले परीक्षण र संक्रमितको कट्याक ट्रेसिङको दायरा अझ बढाउन सुझाव दिएको बताउनुभयो ।