कोरोना नियन्त्रणमा नेपाल सरकार असफल

2 years ago

कोरोना नियन्त्रणमा नेपाल सरकार असफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकार पूर्णरुपमा असफल बनेको बताउनुभएको छ । शुक्रबार सुरु भएको संसदको वर्षे अधिवेशनमा बोल्दै कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभएको हो ।

देउवाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कोरोनाविरुद्ध फ्रन्टलाइनमा काम गर्नेहरुका लागि आवश्यक सुरक्षा सामाग्री प्रबन्ध गर्न नसकेको धारणा राख्नुभयो । स्वास्थ्य सामाग्री अपुग भएको समचार आइरहेको बताउँदै टेस्टिङ किटको गुणस्तरमासमेत प्रश्न उठेको उहाले बताउनुभयो ।

अहिलेसम्म स्वास्थ्य सामाग्री अभाव हुनु र खरिद प्रक्रियामा प्रश्न उठ्नु दुस्खद र लज्जास्पद भएको उहाको भनाई छ । उहाले विदेशमा रहेका नेपालीहरुको सुरक्षा र उनीहरुलाई ल्याउने सन्दर्भमा सरकारको स्पष्ट खाका नरहेकोसमेत बताउनुभयो ।

देउवाले सांसद अपहरणमा सरकारको संलग्नता देखिनु दुर्भाग्यपूर्ण रहेको भन्दै दोषीलाई कारवाहीको माग समेत गर्नुभयो । देउवाले मिडिया हाउस, पत्रकार, साना व्यवसायीहरुका लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताउनुभयो ।