कोरोना उपचार तथा नियन्त्रण कोषमा दुई अर्व भन्दा बढि रकम जम्मा

2 years ago

कोरोना उपचार तथा नियन्त्रण कोषमा दुई अर्व भन्दा बढि रकम जम्मा

नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा दुई अर्व भन्दा बढि रकम जम्मा भएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले अहिलेसम्म कोषमा अहिलेसम्म दुई अर्व १६ करोड रुपैया जम्मा भएको जानकारी दिनुभयो। आइतबारमात्रै कोषमा  एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैया सहयोग गरेको छ।

गैरआवासीय नेपालीहरु शेष घले तथा जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनका प्रतिनिधिहरुले प्रधानमन्त्री कार्यालयका सचिव बिडारीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो। यसअघि नेपालमा आईपरेका ठुला विपतहरु भूकम्पएवं नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेसनले विभिन्न सहयोग गर्दै आएको थियो ।

सचिव बिडारीले कोरोना नियन्त्रण र रोकथाम तथा उपचारका लागि कोषको रकम प्रयोग गरिने जानकारी दिनुभयो । सहयोग हस्तान्तरण पछि प्रेस बिज्ञप्तीमार्फत फाउण्डेसनका अध्यक्ष शेष घलेले कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्तगर्दै यो महामारीबाट नेपालीजनताएवं विश्व चाँडै मुक्तहुने विश्वास व्यक्त गर्नुभयो ।