कोरोनाबाट मृत्यु हुनेको संख्या ११

2 years ago

कोरोनाबाट मृत्यु हुनेको संख्या ११

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । 

सुर्खेतको पखंपुरी नगरपालिका–९ विद्यापुरस्थित जनता माध्यामिक विद्यालयको क्वारेन्टिनमा रहेका २० वर्षीय युवकको मृत्यु बिहान विहीबार २:१५ मा भएको थियो।  

उनको मृत्यु पछि स्वाब संकलन गरी प्रदेश अस्पताल, सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको र आज मृतक कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताएका छन् । 

बुधबार पखपुरी नगरपालिका–१ हाँसेगाउँ निवासी उक्त युवकलाई आरडिटी रिपोर्ट नेगेटिभ आएको र कोभिड–१९ सम्बन्धित लक्षणहरु नभएकाले होम क्वारेन्टिनमा पठाइएको थियो ।