कोभिड १९ बाट बच्ने कामना सहित सोलुको सल्लेरीमा विश्व शान्तिको जिन्सेग पूजा सम्पन्न गरियो

2 years ago

कोभिड १९ बाट बच्ने कामना सहित सोलुको सल्लेरीमा विश्व शान्तिको जिन्सेग पूजा सम्पन्न गरियो

हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीबाट बच्ने कामना सहित सोलुको सल्लेरीमा विभिन्न दैवीप्रकोप, हिंशा लगायतबाट मुक्ति पाउन शक्ति मिलोस् भनेर विश्व शान्तिको  जिन्सेग पूजा सम्पन्न गरिएको छ ।

सोलुखुम्बुको सोलु दुधकण्ड नगरपालिकामा आयोजना गरिएको पुजामा कोन्छोग चिदु रत्न समूच्छ्यको पूजा र जिन्सेग होम पूजा परम पुजनीय धर्मगुरु पेमा थर्छिन रिन्पोछे ज्यूको प्रमुख आतिथ्यतामा बौद्ध धर्म र संस्कार अनुसार सम्पन्न गरिएको  थियो ।