कपिलवस्तु बाल गृहमा आर्थिक अनियमितता छैन

2 years ago

कपिलवस्तु बाल गृहमा आर्थिक अनियमितता छैन

कपिलवस्तु बाल गृहमा आर्थिक अनियमितता नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय कपिलवस्तुका प्रमुख कोष नियन्त्रक शिव प्रसाद चौधरीले बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलबस्तुलाई प्रमुख कोष नियन्त्रक चौधरीले बुझाएको लेखा परीक्षण प्रतिवेदनमा कपिलवस्तु बाल गृहमा कुनै पनि रकम हिनामिना नभएको जनाईएको छ ।

बाल गृहमा अनियमितता भएको भन्ने ढंगबाट केही संचार माध्ययम र बाल संगठनका केही सदस्यहरुले आवाज उठाए पनि जिल्ला प्रशासन कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई छानविन तथा लेखा परीक्षणका लागि जिम्मेवारी तोकेको थियो ।

सोही जिम्मेवारी अनुसार कोष नियन्त्रक पुण्य प्रसाद पन्थी नेतृत्वको सरकारी अडिटरहरुको टोलीले एक हप्ता लगाएर गरेको लेखा परीक्षणमा संचार माध्ययममा आए जस्तो कुनै पनि खाले हिनामिना भएको प्रष्ट पारेको छ ।

लेखा परीक्षण प्रतिवेदन प्रमुख कोष नियन्त्रक चौधरीले प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेललाई बुझाउनुभएको छ ।  जिल्ला प्रशासन कार्यालयबाट लेखा परीक्षण प्रतिवेदन पाए पछि नेपाल बाल संगठन कपिलवस्तु शाखाले पत्रकार सम्मेलन मार्फत सो प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै बाल संगठनका अध्यक्ष राजु प्रसाद अर्यालले पवित्र सोचबाट संचालन गरिएको बाल गृह प्रति अनावश्यक आरोप र टिप्पणी नगर्न सवैलाई आग्रह गरेका छन् ।