कपिलवस्तु बाणगंगाका निशुल्क एम्बुलेन्स सेवा पाउने

2 years ago

कपिलवस्तु बाणगंगाका निशुल्क एम्बुलेन्स सेवा पाउने

एम्बुलेन्सलाई तिर्नुपर्ने भाडासमेत नहुँदा घरमै सुत्केरी हुनुपर्ने बाध्यतामा रहेका कपिलवस्तु बाणगंगाका गर्भवती महिलाहरुले अब निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । पूर्ण संस्थागत प्रसूति सेवा अर्थात नो होम डेलिभरि कार्यक्रम प्रोत्सहनका लागि बाणगंगा नगरपालीकाले निशुल्क एम्बुलेन्स सेवा शुरु गरिएको हो ।

कुनैपनि गर्भवती–महिलाहरु प्रशूतिका लागि स्वास्थ्य संस्थाको सेवाबाट बन्चित नहुन भन्नका लागि एम्बुलेन्स सेवा निशुल्क गरिएको नगरपालिकाका प्रबक्ता बिष्णु पोडेलले बताउनुभयो । 

नगरपालिकाको पिपरा अस्पाताल , हथौसा स्वास्थ्य केन्द्र र कोपवा स्वास्थ्य चौकीमा सञ्चालन भएका ३ बर्थिक सेन्टरमा गरि ६ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेको उहाँले बताउनुभएको छ ।

प्रबक्ता पोडेलले सुत्केरी हुने पालिका भित्रको स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको अवस्थामा बुटवलसम्मको समेत भाडा नगरपालिकाले तिरिदिने बताउनुभयो ।