कपिलवस्तुका सामुदायिक बिद्यालयहरुको क्वारेन्टाईनमा पानी छान्ने फिल्टर वितरण

2 years ago

कपिलवस्तुका सामुदायिक बिद्यालयहरुको क्वारेन्टाईनमा पानी छान्ने फिल्टर वितरण

नेपाल ईन्जिनियर एसोसिएसन प्रदेश ५ ले कपिलवस्तुका बिभिन्न पालिकाहरुमा रहेका ९५ वटा सामुदायिक बिद्यालयहरुको क्वारेन्टाईनमा पानी छान्ने फिल्टर वितरण गरेको छ ।

नेपाल ईन्जिनियर एसोसिएसन प्रदेश ५, रोटरी क्लव अफ चितवन नारायणगढ ,वाईन टु वाटर नेपाल र रोट्रयाक क्लव अफ नारायणगढले कपिलवस्तुका बिद्यालयमा बनाईएका क्वारेन्टाईनका पानी फिल्टर मेसिनका साथै बाल्टिन, बाल्टिन स्टेन्ड समेत वितरण गरेको हो ।

समाजप्रतिको उतरदायित्व पूरा गर्ने उद्देश्यका साथ वितरण गरिएको फिल्टरबाट शुद्धपानी खानका लागि क्वारेन्टाईनमा रहेकाहरुलाई ठूलो मद्दत पुग्ने नेपाल ईन्जिनियर एसोसिएसन प्रदेश ५ का सभापति कुसुम राज ज्ञवालीले बताउनुभयो ।

यसअघि कोरोना सक्रंमित धेरै रहेका जिल्लाहरु प्रदेश ५ का बाके ,बर्दिया ,दाङ र रुपन्देहीको भैरहवामा रहेका क्वारेन्टाईनहरुमा पनि हेन्डवास स्टिम सहितको फिल्टर वितरण गरिएको जनाईएको छ ।