काठमाण्डौँमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण

2 years ago

काठमाण्डौँमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण

समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमणइपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले काठमाण्डौँमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नमुना सङ्कलनलाई तिव्रता दिइएको बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सवै नमुना संकलनको नजिता नआएकाले काठमाण्डौँमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको पुष्टि हुन बाँकी रहेको बताउनुभयो ।

महाशाखाका निर्देशक पाण्डेले कोरोना सङ्क्रमणको दर घट्दै गएको र काठमाण्डौ उपत्यकामा बढ्दै गएको आशङ्कामा १२ वटा ठाउँबाट नमुना सङ्कलन गरिएको बताउनुभयो । अहिलेसम्म तीन हजार जनाको नमुना परीक्षण गर्दा जम्मा तीन जना व्यक्तिमा सङ्क्रमण देखिएको, उनीहरु अन्य कतैबाट नआएको पाइएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

डा. पाण्डेले  नेपालमा कोरोना सङ्क्रमितमध्ये शून्य दशलमव ३ प्रतिशतमा मात्रै लक्षण देखिएको बताउनुभयो ।