कांग्रेस पदाधिकारी द्धारा संविधान संशोधनको छलफल

2 years ago

कांग्रेस पदाधिकारी द्धारा संविधान संशोधनको छलफल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको बिषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले संविधान संशोधनको बिषय गम्भीर भएको भन्दै यस बिषयमा पार्टीभित्र बिस्तृत छलफल गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले सरकारले संविधान संशोधन प्रस्ताव सदनमा प्रस्ताव गरेको भन्दै अव केन्द्रीय समिति बैठकबाटै संविधान संशोधनका बारेमा आधिकारीक धारणा तय हुने जानकारी दिनुभयो । त्यस्तै बैठकले नेपालको सीमा रक्षाका लागी गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली भूमि फिर्ताका लागि उच्चस्तरिय कुटनीतिक र राजनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो । त्यस्तै बैठकले कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन गम्भीर नभएको निष्कर्ष निकालेको छ ।

मुलुकभर कोरोना जाँचको दायरा बढाउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता शर्माले बताउनुभयो। बैठकले भारत लगाएत अन्य देशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याई उपयुक्त स्वास्थ्य जाँचसहितको तयारी गर्न पनि सरकारको ध्यानाकर्षाण गराउने निर्णय गरेको छ ।