उपत्यकाको अस्पतालहरूमा बेडको अभाव हुँदै

2 years ago

उपत्यकाको अस्पतालहरूमा बेडको अभाव हुँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरूमा बेडको अभाव हुँदै गएको जनाएको छ ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँले यही स्तरमा संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालहरूले भार थाम्न नसक्ने पनि बताउनुभयो ।

डा. गौतमले संक्रमितको उपचार सरकारी र निजी दुवै अस्पतालहरूले गर्न आवश्यक रहेको पनि जानकारी दिनुभयो। उहाँले पछिल्लो समय चाडपर्व नजिकिँदै गर्दा बजारमा मानिसहरूको भीड देख्दा संक्रमणको बेवास्ता गरिएको जस्तो देखिएको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

उहाँले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा संक्रमण दर बढिरहेको भन्दै सतर्कताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।