इश्वर पोखरेलको कडा आरोप

2 years ago

इश्वर पोखरेलको कडा आरोप

उपप्रधान तथा रक्षामन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेले पार्टी अध्यक्ष पुष्प कमल दाहाल र महासचिव बिष्णु पौडेले प्रतिवेदन तयार नगरेका कारण स्थायी कमिटि बैठक बस्न नसकेको आरोप लगाएका छन् । 

संसद भवन नयाँ बानेश्वरमा बिहीबार सञ्चारकर्मीसंग कुरा गर्दै उहाले प्रतिवेदन तयार गर्ने भनिएतापनि तयार नभएका कारण बैठक बस्न नसकेको बताउनुभएको हो ।

त्यस्तै उहाले बुधबारको सचिवालय बैठकमा विवाद भएर प्रधानमन्त्री हिड्नुभएको कुरा गलत भएको दावी गर्नुभयो ।

प्रधानमन्त्रीको व्यवस्ताका कारण प्रधानमन्त्री बैठकबाट हिड्नुभएको तर्क गर्नुभयो । त्यस्तै पोखरेलले पार्टीभित्रको विवाद छिटै हल हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि बुधबार बसेको नेकपा सचिवालय बैठकमा प्रतिवेदनका बारेमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठक छाडेर हिड्नुभएको थियो ।

विवादका कारण बिहीबार बस्ने भनिएको स्थायी कमिटि पनि अनिश्चित बनेको छ ।