आज सुनको मुल्य ९७ हजार ५०० पुग्यो

2 years ago

आज सुनको मुल्य ९७ हजार ५०० पुग्यो

आज  सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाली बजारमा सुनको मल्य अहिले सम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ कीर्तिमान भएको हो। आइतबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार रु १२०० बढेर तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यस्तै तेजावी सुन ९७ हजार ६० रुपैयाँमा कारोबार भएको छ। यस्तै चाँदी १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।