आज सुनको भाउ ३०० सयले बढेर ९८ हजार ५०० मा कारोबार

2 years ago

आज सुनको भाउ ३०० सयले बढेर ९८ हजार ५०० मा कारोबार

आज नेपाली बजारमा सुनको भाउ तोलामा ३०० सयले बढेर ९८ हजार ५०० मा कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले भाउ बढेर नयाँ मू्ल्य कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको थियो ।  तेजाबी सुनको मूल्य भने बुधबारका लागि ९८ हजार ६५ रुपैयाँ तोकेको महासंघले जनाएको छ।

अघिल्लो दिनको तुलनामा तेजावी सुनको भाउ तीन सय पाँच रुपैयाँले वृद्धि भएको हो ।सामान्य अवस्थामा दैनिक १० किलो सुन खरिद बिक्री हुने नेपाली सुन बजारमा बढ्दो मूल्यका कारण कारोबार ठप्प भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नपाली बजारमा सुनको मूल्य बढेर हरेक दिन नयाँ कीर्तिमान बनाउँदै आएको छ । आज नेपली बजारमा  सुनको भाउ पनि हालसम्मकै उच्च भएको हो ।