आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमका बारे छलफल

2 years ago

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमका बारे छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल गर्ने सहमति गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल गर्ने सहमति गरेका हो । यसअघि सचिवालय बैठकले वैशाख २४ गते र ३० गते निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

बैठकमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमका बारेमा पनि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने जानकारी दिनुभयो ।

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुको सुझाव मागेका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

‘प्रधानमन्त्रीले सरकारको नीति तथा नीति कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने अझै पनि दिन हुन सचिवालय बैठकलाई अनुरोध गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।