असार भित्रै सुन्दरीजल सम्म मेलम्चीको खानेपानी

2 years ago

असार भित्रै सुन्दरीजल सम्म मेलम्चीको खानेपानी

खानेपानीमन्त्री बिना मगरले यहि असारभित्रै सुन्दरीजल सम्म मेलम्चीको खानेपानी आइपुग्ने बताउनुभएको छ ।

त्यस्तै आफ्नो मन्त्रालयसम्बन्धी छलफलको जवाफ दिँदै खानेपानी मन्त्री बीना मगरले असारभित्रै मेलम्ची खानेपानी सुन्दरीजलसम्म ल्याइने बताउनुभयो । उहाले अव केहि महिनाभित्रै काठमाडौं उपत्यकाका बासिन्दाको घरघरमा खानेपानी पुग्ने दावी गर्नुभयो । मन्त्री मगरले अव क्वारेन्टाइनमा स्वच्छ खानेपानीको साथै सरसफाईको कामको जिम्मेवारी मन्त्रालयले दृढतापूर्वक गर्ने बताउनुभयो ।

उहाँले आगामी वर्ष सात वटा आयोजना सम्पन्न गरी एकलाखभन्दा बढि घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउने जानकारी दिनुभयो ।