अष्ट्रेलियाको मेलबर्नमा लकडाउन अन्त्य

2 years ago

अष्ट्रेलियाको मेलबर्नमा लकडाउन अन्त्य

अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोना भाइरसको महामारीका कारण लगाइएको लकडाउन १ सय ११ दिनपछि बुधबार अन्त्य गरिएको छ ।

यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको अधिकारीहरूले बताएका छन् । लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ । 

‘कठिन यात्रा सकिएको छ, धेरै लामो समय बिताउन जस्तो गाह्रो भएको थियो,’ स्थानीय एक बासिन्दाले भने ।

भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै यस क्षेत्रका व्यापारिक प्रतिष्ठान खुल्ला भएका छन् । उनीहरूले कारोबार गर्न थालेका छन् भने कामदारहरूले काम गर्न पाएका छन् ।

लकडाउन खुल्ला गरिए पनि सडकमा भीडभाड नगर्न, मास्क नलगाइ नहिँड्न भनिएको छ । त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ ।सरकारी अधिकारीहरूले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन् ।