अर्थ समिति

2 years ago

अर्थ समिति

सांसदहरुले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पार्ने प्रभाव न्युनिकरणका लागि बेलैमा सचेत हुनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको अर्थ समितिको सोमबारको बैठकमा उनीहरुले वैदेशिक लगानी आउने अवस्था न्यून रहेको, विश्वका वित्तीय संस्थाहरूले सहयोग दिन नसक्ने अवस्था रहेको र नेपालको उद्योगधन्दाहरु बन्द रहेको भन्दै सचेत हुनुपर्ने बताएका हुन् । बैठकमा नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले

वैदेशिक रोजगारीबाट फर्किएर आउनेहरूका लागि बजेटमा स्पष्ट योजना ल्याउनुपर्ने सुझाव दिनुभयो । निजामती सेवाका कर्मचारीमा नयाँ भर्ना नलिने, सुरक्षाकर्मीमा नयाँ भर्ना नलिने, एउटै भवनबाट विभन्न मन्त्रालय र कार्यालय सञ्‍चालन गरेर अनावश्यक भौतिक पूर्वाधारमा खर्च गर्न नहुने उहाले बताउनुभयो ।

उहाले आगामी बजेटमा सञ्‍चालनमा रहेका तत्काल आयआर्जन हुने परियोजना सम्पन्न गर्नुपर्नेमा ध्यान दिनुपर्ने सुझाव पनि दिनुभयो । 

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले बैशाखसम्म १ अर्ब ८ करोड रुपैयाँ स्वास्थ्य मन्त्रालय मार्फत कोरोना नियन्त्रणको लागि निकासा गरिएको जानकारी दिनुभयो ।

यस्तै रक्षा मन्त्रालयमार्फत कोरोना नियन्त्रणको लागि २ अर्ब ३४ करोड निकासा गरिएको छ ।