अमेरिकी सेनाले ट्याक्टिकल अल्ट्राशर्ट पल्स्ड लेजर नामक हतियार, हावामा बिलाउँछ तारो बनाइएको वस्तु

2 years ago

अमेरिकी सेनाले ट्याक्टिकल अल्ट्राशर्ट पल्स्ड लेजर नामक हतियार, हावामा बिलाउँछ तारो बनाइएको वस्तु

अमेरिकी सेनाले ट्याक्टिकल अल्ट्राशर्ट पल्स्ड लेजर नामक हतियार बनाइरहेको छ र कुनै विज्ञानकथामा जस्तो यस हतियारले प्रहार गरिएको वस्तुलाई बाफ बनेर बिलाइदिन्छ । 

इन्डस्ट्रीट्याप डट्कमको एक प्रतिवृदनअनुसार, अमेरिकी सेनाले विकसित गरेको हाल विद्यमान लेजर हतियारले निरन्तर बीम फाल्छ । कुनै धातुमा प्वाल पार्न यसको उपयोग गरिन्छ तर नयाँ लेजर हतियारले साना पल्सहरू फाल्छ र ती कम ऊर्जामा निर्भर रहन्छन् । परिणामस्वरूप, यो हतियार धातुलाई पगाल्ने भन्दा पनि वाष्पीकृत गर्न समर्थ रहेको छ । 

यसले केही मिनेटभित्रै ड्रोनलाई बाफ बनाएर बिलाइदिन्छ । यसले नजिकका विद्युतीय प्रणालीहरूलाई अवरुद्ध गरिदिन सक्छ । 

भविष्यमा कुनै पनि सेनाले यसलाई एकल वा सडकमा गुड्ने वाहन, जहाज वा क्षेप्यास्त्रमा जडान गरेर उपयोग गर्न सक्छ । द्रुत गतिमा आउने साना ड्रोन वा क्षेप्यास्त्रलाई ध्वस्त पार्न यो उपयोगी हुने इन्डस्ट्रीट्यापले खबर दिएको छ । 

यसको प्रोटोटाइप अगस्ट महिनामा सार्वजनिक गरिने अधिकारीहरूले बताएका छन् ।