अमेरिकी विदेशमन्त्री पोम्पेओ श्रीलंकामा

2 years ago

अमेरिकी विदेशमन्त्री पोम्पेओ श्रीलंकामा

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मंगलबार श्रीलंका पुगेका छन् । विदेमन्त्री पोम्पेओ मंगलबार भारतबाट श्रीलंका पुगेको समाचारमा जनाइएको छ । श्रीलंकाको राजधानी कोलम्बोबाट प्राप्त भएको समाचारमा सो कुराको जानकारी गराइएको हो ।

अमेरिकी विदेशमन्त्री पोम्पेओ केही दिनअघि भारतको भ्रमणमा रहेका थिए । उनी भारतको भ्रमण सकेर मंगलबार साँझ श्रीलंकाको राजधानी कोलम्बो पुगेका हुन् ।

उनले श्रीलंकाको राजधानी कोलम्बो पुगेर ट्वीटमार्फत आफ्नो भ्रमणको बारेमा जानकारी दिएका छन् । विदेशमन्त्री पोम्पेओले श्रीलंकामा यहाँका उच्च अधिकारीसँग भेटवार्ता गर्ने जनाइएको छ ।