अनावश्यक पसलहरु खुले पछि नेपाल प्रहरीद्धारा पसलहरु बन्द गराए

2 years ago

अनावश्यक पसलहरु खुले पछि नेपाल प्रहरीद्धारा पसलहरु बन्द गराए

व्यापारीहरुले काठमाडौंमा आफूखुसी खोलेका पसलहरु प्रहरीले बन्द गराउन थालेको छ ।

सरकारले अत्यावश्यक भनेर तोकेका बाहेकका पसलहरु पनि व्यापारीले खुला गरेपछि प्रहरीले माइकिङ गर्दै पसलहरु बन्द गराउन थालेको हो । पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच काठमाडौका कतिपय स्थानमा वादविदवादको पनि भएको छ ।

यसअघि लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले जेठ २२ गतेदेखि बिहानको समयमा पसल खोल्न सुरू गरेका थिए । सो दिनपछि सबै पसलहरु ११ बजेसम्म खुला थिए ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको बैठकले पनि व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेको थियो । सोही अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्च स्तरीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । तर सरकारले लकडाउनको मोडालिटिबारे अझै निर्णय गर्न सकेको छैन ।