१० वर्षसम्म मृत आमाको शरीर फ्रिजरमा

3 years ago

१० वर्षसम्म मृत आमाको शरीर फ्रिजरमा

जापानमा एक महिलाले १० वर्ष देखि  आफ्नो आमाको शव फ्ल्याटको फ्रिजरमा राखेको  फेला परेको  छ। युमी योशिनोले आफु घरबाट निस्कन नचाहेकोले १० वर्षदेखि आमाको लास लुकाएर राखेकी बताईन । उनलाई आमाको लास लुकाएर राखेको भन्दै प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले भने फ्रिजमा राखिएको शरीरमा कुनै पनि चोटपटक नदेखिएको र  महिलाको मृत्युको कारण पत्ता लगाउन सकेको छैन ।

उनले भाँडा भुक्तानी गर्न नसकेको कारण उक्त अपार्टमेन्ट छोड्न बाध्य भएपछि शवलाई अपार्टमेन्टका  सफाई गर्ने महिलाले देखेको स्थानीय पुलिसले जनाएको छ। लासलाई फ्रिजरमा बंग्याएर राखेको प्रहरीले जनाएको छ । युमी योशिनोलाई शुक्रवार टोकियो नजिकै रहेको चिबा शहरको एउटा होटल बाट पक्राउ गरिएको थियो।