सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको निधन

3 years ago

सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको निधन

पूर्वराज्यमन्त्री एवम् भूमि व्यवस्थापन तथा सुकुम्बासीका समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ ।

बिहीबार बिहान काठमाडौंमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा दिनेशचन्द्र यादवको निधन भएको हो । दिनेशचन्द्र यादव पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेत रहेका थिए ।

पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो र भोलिपल्टै उनलाई उपचार गर्नका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । मधुमेहबाटसमेत पीडित यादवको भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो ।