आज थप २६६ जनामा कोरोना संक्रमण पुष्टि

3 years ago

आज थप २६६ जनामा कोरोना संक्रमण  पुष्टि

नेपालमा आइतबार थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर ३५०८ को पिसिआर गरिएकोमा थप २६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा थप १७७ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १९ सय ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा थप ४०० जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ६१ हजार ४४४ जना कोरोना संक्रमणबाट मुक्त भएको प्रवक्ता गौतमले बताउनु भयो ।

नेपालमा हाल ३९१९ जना आइशोलेशनमा छन् भने २११ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १० लाख १२ हजार ४५२ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।