नेपाल उद्योग वाणिज्य महासङ्गका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

3 years ago

नेपाल उद्योग वाणिज्य महासङ्गका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

 

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्गले नेपाल उद्योग वाणिज्य महासङ्गका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ ।

सङ्गका पूर्वअध्यक्ष महेन्द्र शेरचनले महासङ्गको ५४औँ वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष तथा वस्तुगत समूहका कार्यकारिणी समितिका सदस्यलाई बिहीबार आयोजित कार्यक्रममा सम्मान गर्नुभएको हो ।

कार्यक्रममा महासङ्गका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले भोग्नुपरेका समस्या समाधान गर्न आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विप्रेषणले नै मुलुकको अर्थतन्त्र चलायमान भएको उल्लेख गर्दै उहाँले विप्रेषण भित्र्याउन मुख्य भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीले व्यहोर्नुपरेको कठिनाइ समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्गका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले झण्डै दुई दशकदेखि आफू वैदेशिक रोजगार व्यवसायीसँगसँगै रहेको र व्यवसायीलाई परेको समस्या समाधान गर्न लागिपरेको बताउनु भयो ।

त्यस्तै सङ्गका अध्यक्ष विष्णु गैरेले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन उनीहरुको सीप, क्षमता र योग्यताको तथ्याङ्क सङ्कलन गरिनुपर्नेमा जोड दिनुभयो