आज थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि

3 years ago

आज थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा बुधबार थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा काठमाडौं उपत्यकामा थप  ५०७ सहित देशभर थप १०५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यो संगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको ज्यान गएको छ भने हालसम्म १६५१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा थप १४८३ जना कोरोनमुक्त भएका छन् भने हालसम्म २ लाख ३० हजार ५३७ जना कोरोनामुक्त भएको स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा हाल १२ हजार २४५ जना आइशोलेशनमा छन् भने ५२५ जना क्वारेन्टाइनमा छन् ।